देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुनःनिर्माण अभियान सुस्त

देशान्तर

काठमाडौँ। निकै तामझामका साथ सुरु गरिएको पुननिर्माण अभियान जसलाई ‘महाअभियान’ नाम पनि दिइएको थियो तर भूकम्प गएको १० महिना बितिसक्दापनि अभियान कछुवाको तगतीमा नै अगाडि बढेको पाईएको छ । 

कर्मचारी व्यवस्थापन तथा स्रोत परिचालनमा अल्झिएको अभियान अगाडि बढाउने जिम्मेवारी पाएको पुननिर्माण प्राधिकरण आफै रनभुल्लमा परेको छ । 

नयाँ संविधान जारी भएपछि गठन भएको सरकारले पुनःनिर्माणका लागि कानुनी संरचना तयार गरेपनि अभियान सञ्चालनका लागि कर्मचारी पर्याप्त नहुँदा पुनःनिर्माण कार्य जनतामा पुग्न नसकेको अधिकारीहरुले बताएका छन् ।
 सरकारका उच्च निकाय, प्रमुख प्रतिपक्षी दल एवम् ठूला राजनीतिक दलका शीर्ष नेताले पुनःनिर्माणको अभियानलाई अवरोध नगर्ने प्रतिबद्धतासहित राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीबाट गत माघ २ गते महाअभियान नाममा  सुरु गरेकी थिईन् ।

भूकम्प र त्यसपछिका परकम्पका कारण क्षतिग्रस्त घर तथा संरचनाको पुनःनिर्माणलाई व्यवस्थित, योजनाबद्ध र समन्वयात्मकरुपमा काम नभएको जनगुनासो सम्बोधन हुन सकेको छैन । भूकम्पपछिको आवश्यकता मूल्याङ्कन प्रतिवेदन (पीडीएन)अनुसार भूकम्पबाट आठ लाख घर क्षतिग्रस्त छन् । प्रतिवेदनले २१ क्षेत्रमा रु सात खर्ब बराबरको क्षति र नोक्सान तथा त्यसका लागि रु छ खर्ब ७० अर्ब बराबर आवश्यक रहेको सार्वजनिक गरेको छ । 

भूकम्पबाट प्रभावित जनताको आवाजलाई सम्बोधन गर्न सरकारले काम गरिरहेको छ भन्ने स्पष्ट सन्देश दिन ढिला गर्न नहुने योजना आयोगका पूर्व उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलको सुझाव छ । उनले भूकम्प गएको करिब आठ महिनापश्चात् मात्र गठन भएको प्राधिकरणले मानव संसाधनलाई चाडो परिचालन गरेर गाउँ र सहरबाट अभियानलाई समानान्तररुपमा लैजादा राम्रो हुने बताए ।

क्षतिग्रस्त सम्पूर्ण संरचनाका पुनःनिर्माण कार्य एकैसाथ अघि बढाउनुपर्ने भए पनि पहिलो आवश्यकता प्रभावित क्षेत्रका जनताका घरको पुनःनिर्माण तथा नवनिर्माण गर्नु रहेको छ । जनताका बीचमा सरकारले दिने अनुदान र निर्माण सामग्री तथा दक्ष निर्माणकर्मी पु¥याउनु पर्नेछ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय र उपक्षेत्रीय कार्यालयको स्थापना र प्रशासनिक कार्य सञ्चालनतर्फ चालू आवका लागि रु २९ करोड ६७ लाख ८८ हजारको बजेट स्वीकृत भइसकेको छ । तर कार्यालयको स्थापना भने भएको छैन । 

सरकारले भूकम्पबाट क्षतिग्रस्त संरचनामध्ये आवासका लागि रु दुई लाख अनुदानमा तथा काठमाडौँमा रु २५ लाखसम्म र अन्य क्षेत्रमा रु १५ लाखसम्म सहुलियत ऋण दिने निर्णय गरेको थियो । सामान्य प्रशासन मन्त्रालयका कर्मचारी महाशाखा प्रमुख कमल भट्टराईले प्राधिकरणले मागेजति कर्मचारीको व्यवस्था गरेको जानकारी बताएका छन् । उनले प्राधिकरणले मागेको ३८ जना कर्मचारीमध्ये २२ जना पठाई सकिएको छ, १६ जना निर्णय भएर पठाउने क्रममा रहेको  र थप कर्मचारी नमागिएको बताए । 

]]>