देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारको कामप्रति सत्तारुढ एमाओवादी नै असन्तुष्ट

देशान्तर

काठमाडौं । सत्तारूढ एकीकृत नेकपा माओवादीले सरकारले प्रभावकारी काम गर्न नसकेको निष्कर्ष निकालेको छ । सरकारको कार्यशैलीको विषयलाई लिएर एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्ने भएका छन् ।

स्थायी समिति सदस्यहरू र एमाओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू सम्मिलित बिहीबार सम्पन्न बैठकले समग्र सरकार र पार्टीका मन्त्रीहरूले प्रभावकारी काम गर्न नसकेको निष्कर्ष निकालेको आजको नया पत्रिका लगायतका दैनिक अखवारहरुले समाचार प्रकाशित गरेका छन् ।

एमाओवादीका मन्त्रीहरूको काम र समग्र सरकारको कामको समीक्षा गर्न तीन दिनदेखि स्थायी समिति सदस्यहरू र मन्त्रीहरू सम्मिलित बैठक जारी थियो ।

प्रधानमन्त्रीसँग प्रचण्डले वार्ता गर्ने
एमाओवादी अध्यक्ष प्रचण्डले सरकारको कामबारे प्रधानमन्त्री ओलीसँग छलफल गर्दा एमाओवादीका आठ मन्त्रीहरूलाई पनि सहभागी गराउने भएका छन् । ‘अध्यक्षले सरकारको काम प्रभावकारी हुन नसकेकोबारे प्रधानमन्त्रीसँग छलफल गर्नुहुनेछ, छलफलमा हाम्रो पार्टीका तर्फबाट सरकारमा सहभागी आठजना मन्त्री पनि सहभागी हुनुहुनेछ,’ एमाओवादीका एक स्थायी समिति सदस्यले भने ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले आफ्नो कामलाई सच्याएर प्रभावकारी बनाउनुपर्ने बैठकको निष्कर्ष रहेको बताए ।

कतिपय विषयमा गम्भीरतापर्वूक समीक्षा गर्दा सिंगो सरकारको काम अझै सच्याउनुपर्ने, प्रभावकारी बनाउनुपर्ने परिणाममुखी बनाउनुपर्ने निष्कर्ष निकालेको छ,’ सरकारको कामबारे बैठकपछि उपाध्यक्ष श्रेष्ठले भने, ‘त्यसको निमित्त पार्टीका तर्फबाट अध्यक्षले नै प्रधानमन्त्रीसँग यसबारेमा गम्भीर छलफल गर्ने र सरकारको कामकारबाहीलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरा गर्ने भन्ने निर्णय गरेको छ ।’

सरकारको कामको समीक्षा संयन्त्रमा

एमाओवादीले सरकारको कामबारे उच्चस्तरीय राजनीतिक संयन्त्रमा समेत छलफल गर्नुपर्ने निष्कर्ष निकालेको छ । सरकारमा सहभागी पार्टीका नेताहरू सम्मिलित संयन्त्रको संयोजक एमाओवादी अध्यक्ष प्रचण्ड आफौ छन् ।

उपाध्यक्ष श्रेष्ठले संयन्त्रमा सरकारको कामको समीक्षा गरेर देश र जनताको अपेक्षाअनुसार काम गर्नेबारे नीतिगत निर्णय लिनुपर्ने बताए । ‘सरकारमा सामेल भएका र समर्थन गर्ने पार्टीहरूको संयन्त्र अध्यक्षकै नेतृत्वमा छ, त्यो संयन्त्रको बैठक पनि छिटो राख्ने,’ श्रेष्ठले भने, ‘र, सरकारले अहिलेसम्म गरेका कामको समीक्षा गर्दै सरकारको कामलाई कसरी प्रभावकारी बनाउने, परिणाममुखी बनाउने, देश र जनताको अपेक्षाअनुसार कसरी गर्ने नीतिगत रूपमा समितिको बैठक राखेर आवश्यक निर्णय गर्ने निर्णय भएको छ ।’

मन्त्रीका काममा असन्तुष्टि

स्थायी समिति बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाएको छ । स्थायी समितिले नकारात्मक पक्ष र कमजोरीलाई सच्याएर परिणाम देखिने गरी कदम चाल्न मन्त्रीहरूलाई निर्देशनसमेत दिएको छ ।

हाम्रो पार्टीले सम्हालेका मन्त्रालयहरूका कामको ठोस रूपमा समीक्षा गर्‍यो । बैठकले मन्त्रीहरूको काममा अहिले पूर्ण सन्तुष्टि हुने स्थितिमा काम भइनसकेको, परिणाम दिन अझै बढी काम गर्नेपर्ने स्थिति छ भन्ने निष्कर्ष निकालेको छ,’ उपाध्यक्ष श्रेष्ठले भने ।

श्रेष्ठको राजीनामा फिर्ता

एमाओवादी उपाध्यक्ष श्रेष्ठले पार्टीद्वारा गठित सरकार सञ्चालन सहयोग तथा समन्वय समितिको संयोजकबाट दिएको राजीनामा फिर्ता लिएका छन् । स्थायी समितिले राजीनामा फिर्ता लिन आग्रह गरेपछि उनले फिर्ता लिएका हुन् । श्रेष्ठले मन्त्रीहरू संयन्त्रप्रति उत्तरदायी नभएको भन्दै मंगलबार बैठकको सुरुमै संयोजकबाट लिखित राजीनामा दिएका थिए ।

आठ मन्त्रीमध्ये पोखरेल, शर्मा र यादवको काम राम्रो

एमाओवादी स्थायी समिति बैठकमा मन्त्रीहरूको कामको समीक्षा भएको छ । मन्त्रीहरूको कामबारे स्थायी समितिले ‘पूर्ण सन्तुष्ट हुने गरी प्रभावकारी, परिणामुखी काम भइनसकेको’ निष्कर्ष निकाले पनि एक स्थायी समिति सदस्यले आठ मन्त्रीबारे बैठकको निष्कर्ष सुनाए ।

उनका अनुसार अलि राम्रो काम काम गर्नेमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सामान्य प्रशासनमन्त्री रेखा शर्मा र सिचाइमन्त्री उमेश यादव छन् । ‘मन्त्रीहरूको रिपोर्ट सुन्दा शिक्षामन्त्री, सिाचाइमन्त्री र सामान्य प्रशासनमन्त्रीले अलि राम्रो काम गरेका हुन् कि जस्तो लाग्छ,’ उनले भने ।

काम गर्न खोजेका, तर परिणाम देखाउन नसकेकामा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, कृषिमन्त्री हरिबोल गजुरेल र वनमन्त्री अग्नि सापकोटा छन् । ‘उहााहरूले भन्नलाई यसो गर्‍यौा, उसो गर्‍यौा भन्नुभएको छ, तर काम केही देखाउन सक्नुभएको छैन,’ बैठकपछि ती स्थायी समिति सदस्यले भने । गृहमन्त्री शक्तिबहादुर बस्नेत र आपूर्तिमन्त्री गणेशमान पुनले काम देखाउनै नसकेको ती नेताको विश्लेषण छ ।

]]>