देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विरगञ्ज नाका खुल्यो

देशान्तर

काठमाडौं । पाँच महिनादेखि बन्द रहेको विरगञ्जको नेपाल भारत नाका सुचारु भएको छ । 

स्थायिन अधिकारीहरुका अनुसार विहानदेखि उक्त सीमानाकाबाट सवारी साधनहरु विनाअवरोध आवात जावत गरिरहेका छन् । 

संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसवाली दलहरुले सीमा नाकामा धर्ना गरेका थिए र त्यी कारण देखाउँदै आवत जावत अवरुद्ध हुँदै आएको थियो । तर आज विहानदेखि केही आन्दोलनकारी भएपनि उनीहरुले सवारीसाधानको आवागमनमा कुनै अवरोध नगरेको भन्सारका अधिकारीहरुले बताएका छन् । 

नेपाल भारतको व्यापारमा ७० प्रतिशत आयत निर्यात यही नाकाबाट हुन्छ । यो नाका अवरुद्ध हुँदा जनजीवन अस्तव्यस्त भएको छ । 

संविधान संसोधन भएसँगै भारतले त्यसको स्वागत गरेकोले त्यो संसोधनको परिणामको रुपमा नाका खुल्ला भएको अनुमान गरिएको छ । 

]]>