देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर काँग्रेसको गाँउ, नगर अधिवेशन सुरु

देशान्तर

काठमाडौं । १३ औ महाधिवेसनको तयारीमा जुटेको नेपाली कांग्रेसको गाउँ, नगर वडा र नगर अधिवेशन आज शुक्रवार देशैभरी एकसाथ सुरु भएको छ ।

मधेस आन्दोलन भईरहेको र हिमालमा हिमपात तथा मौसमी प्रतिकुलताकाबीचपनि देशव्यापी रुपमा नेपाली काँग्रेसका कार्यकर्ताहरु अधिवेसनमा सहभागी भइरहेका छन् । 

आज हुने अधिवेसनबाट गाउँ तथा नगर समितिमा नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन गर्ने छ । माघ २२ गते क्षत्रीय अधिवेसन गर्ने कार्यकतालिका सार्वजानिक गरेको काँग्रेसका कार्यकर्ताहरु अधिवेसनमा सहभागी भईरहेको काँग्रेसका नेताहरुले बताएका छन् । 

देशभरका ३ हजार १ सय ६५ गाविस र दुई सय १७ नगरपालिकाका तिन हजार ९० वडामा भईरहेको अधिवेसनको लागि कतिपय स्थानमा केन्द्रिय नेताहरु सहभागी भएका छन् । 
 
सांसदहरु संसद नै छोडेर अधिवेसनको लागि गाउँ पुगेको समयमा सबैभन्दा बढी प्रजातान्त्रिक अभ्यास भएको नेताहरुले बताएका छन् ।

पार्टी जीवनमा सबैभन्दा बढी प्रभाव पार्ने महाधिवेसनको पहिलो खुड्कीलोको रुपमा रहेको गाउँ तथा नगर अधिवेसनमा विधान बमोजिम गाउँ तथा नगरको लागि सभापति, सचिव, कोषाध्यक्ष एक एक जना र ८ जना सदस्यको चुनाव हुने छ भने निर्वाचित सदस्यहरु मध्येबाट उपसभापति, सचिव र सहसचिव एक एक जना सभापतिले मनोनयनको प्रस्ताव गरि कार्यसमितिबाट पारित गराउनु पर्नेछ । 

त्यस वाहेक वाँकी ७ जना सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ । सदस्यहरु निर्वाचन गर्दा र मनोनित गर्दा समावेशी सिद्धान्त अप्नाउनु पर्नेछ । यसरी गाँउ तथा हरेक नगरवाडको कार्यसमिति कुल २१ सदस्यीय हुने छ । नगरसमिति पनि सोही प्रक्रियाबाट बन्ने छ। 
 

]]>