देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल आईसीसी अन्डर १९ विश्वकपको दोस्रो चरणमा

देशान्तर

काठमाडौं । बंगलादेशमा जारी आईसीसी १९ वर्ष मुनीको उमेरसमुहको विश्वकपको दोस्रोचरणमा प्रवेश गरेको छ । 

आज भएको खेलमा नेपालका बलरहरु चम्किएको खेलमा  आयरल्याण्डलाई ८ विकेटले हराउँदै नेपालले अन्तिम एक खेल अगाडिनै दोस्रो चरण प्रवेश गरेको हो।  नेपालले आज आयरल्याण्डले दिएको १३२ रनको लक्ष्य २५ ओभर ३ बलमा पुरा गर्यो।

नेपालका लागि योगेन्द्र सिंह कार्कीले नटआउट ६१ रन बनाए। यस्तै सुनिल धमलाले २८ तथा आरिफ सेखले नटआउट ३१ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड नेपाली बलरसामु टिक्न सकेनन्। सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै आयरल्याण्ड निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १३१ रनमा समेटिएको थियो।
यु १९ विश्वकप २०१६ मै पहिलो ह्याट्रिक गरेका उनले आयराल्याण्डविरूद्ध १० ओभर बलिङ गरेर २७ रन खर्चिएका थिए।

यसै विश्वकपबाट डेब्यू गरेका उनले ३१ औँ ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा लगातार विकेट लिँदै ह्याट्रिक लिएपछि आयरल्याण्ड धरासायी बन्यो।

यस्तै प्रदिपसिंह ऐरीले २ तथा सुनिल धमला र सुशील कँडेलले एकएक विकेट लिएका थिए।
पहिलो खेलमा टेष्ट मान्यताप्राप्त टोली न्यूजिल्याण्डलाई ३२ रनले हराएको थियो। 

]]>