देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आयरल्यान्डविरुद्ध नेपालको शानदार जित

देशान्तर

काठमाडौं । बंगलादेशमा जारी आइसीसी यु–१९ विश्वकपको दोस्रो खेलमा नेपालले आयरल्यान्डलाई ८ विकेटले हराएको छ। नेपालले १ सय ३२ रनको लक्ष्य २५।३ ओभरमा २ विकेटको क्षतिमा पछ्यायो। नेपालका लागि योगेन्द्र सिंह कार्कीले अविजित ६१ रनको योगदान दिए। उनले ८१ बलमा ८ चौका प्रहार गरे। नेपालका लागि अरिफ शैखले पनि अविजित ३० रन बनाए।

उनले ३६ बलमा ५ चौका प्रहार गरे। त्यस्तै सुनिल धमलाले ४ चौका र एक छक्कासहित २८ रन बनाए। ओपनर सन्दीप सुनार भने शून्य रनमै आउट भएका थिए। यसअघि आयरल्यान्डले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो।

बंगलादेशस्थित फतुल्लाहको खान शाहेब ओस्मान अली रंगशालामा भएको खेलमा दीपेन्द्र सिंहले ७ ओभर खेलेर १८ रन खर्चिँदै दुई विकेट लिए। सुनिल धमलाले १० ओभरको खेलमा ३ मेडन राख्दै २३ रन खर्चेका थिए भने सुशील कँडेलले १० ओभरमै ५ मेडन राख्दै २० रन खर्चिए। दुबैले एक एक विकेटसमेत लिए। अरिफ शेखले ७ ओभरमा २० रन खर्चिए भने प्रेम तामाङले ६ ओभरमा १८ रन खर्चिए।

]]>