देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गर्छ – अध्यक्ष ठाकुर

देशान्तर

काठमाडौँ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाल–भारत सिमानामा गरिएको अवरोध एवम् आन्दोलनको समीक्षा गरेर नयाँ कार्यक्रम तय हुने बताएका छन् । रिपोर्टर्स क्लबले आज बिजुलीबजारस्थित तमलोपा पार्टी कार्यालयमा गरेको अन्तक्र्रियामा उहाँले संविधान संशोधनबाट तराई मधेसमा जारी जान्दोलनका माग आंशिक सम्बोधन भएको बताए ।

आदोलनको स्वरुप परिवर्तन गर्ने बताउँदै अध्यक्ष ठाकुरले भने , “मागअनुसार सम्बोधन भएको छैन, नाकाबन्दीको विषयमा मोर्चाको बैठकले निर्णय गर्छ, आन्दोलनको स्वरुप फेरिनसक्छ ।”  आफूहरुको आन्दोलन कुनै पनि समुदाय वा क्षेत्रका बासिन्दालाई दुख  दिनेभन्दा पनि जनताले नागरिक सरहको अधिकार पाउनका लागि भएको बताउँदै उनले आन्दोलन कहिलेसम्म जारी राख्ने भन्ने विषयमा सरकारमा निर्भर रहने बताए ।

संविधान संशोधन गरेर आन्दोलनकारीमाथि सरकारले दबाब दिएको उल्लेख गर्दै अध्यक्ष ठाकुरले आफूहरुमाथि जनताको पनि दबाब रहेकाले आन्दोलन अन्त्य गर्ने अवस्था नरहेको स्पष्ट पारे । आन्दोलनकारी वार्ताबाट कहिले पनि नहटेको दाबी गर्दै उनले भने– ‘२५÷२६ पटक वार्ता गरिएको छ, परिणाम के आयो रु संशोधन प्रक्रियामा हाम्रो सहभागितासमेत हुन सकेन र सरकार र मुख्य दललाई जे लाग्यो त्यै गर्ने ?’ उनले स्वायत्तताको माग पुरा नभएकाले आन्दोलन नरोकिने बताए । 

]]>