देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डेपुटी गभर्नरमा चारजनाको नाम सिफारिस

देशान्तर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नरको रिक्त दुई पदमा चार जनाको नाम सिफारिस गरेको छ । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले दुई दिनअघि चिन्तामणि शिवाकोटी, नारायण पौडेल, त्रिलोचन पङ्गेनी र शिवनाथ पाण्डेलाई सिफारिस गरेका  थिए । सम्बद्ध स्रोतका अनुसार उहाँहरुमध्ये वरिष्ठमध्येका कार्यकारी निर्देशक पौडेल बैंक सुपरिवेक्षण विभागमा, शिवाकोटी मुद्रा व्यवस्थापन विभागमा, पङ्गेनी गभर्नर कार्यालयमा र पाण्डे बैंक तथा वित्तीय संस्था नियमन विभागमा कार्यरत छन् ।

सिफारिस भएका तीनजना स्याङ्जाका हुन भने शिवाकोटी झापा निवासी हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १६ मा रिक्त दरबन्दीको दोब्बर सङ्ख्यामा गभर्नरले कार्यक्षमता र वरिष्ठताका आधारमा सिफारिस गर्ने र मन्त्रिपरिषद्ले निर्णय गर्ने व्यवस्था छ ।

राष्ट्र बैंकले सम्पादन गर्ने सुपरिवेक्षण र मौद्रिक नीति दुई क्षेत्र हेर्नका लागि दुई डेपुटी गभर्नरको दरबन्दीको व्यवस्था गरिएको छ ।  डेपुटी गभर्नरद्वय गोपालप्रसाद काफ्ले र महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल गत पुस १० गते सकिएको थियो । 

]]>