देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जुन सरकारकी कर्मचारी कार्यालयको पानीधरि पिउँदैनन्

देशान्तर

काठमाडौं । उनी कार्यालय आउँदा दिनहुँ घरबाटै दिनभरिलाई पुग्ने पानी र खाजा बोकेर आउँछन्। कार्यालयले उपलब्ध गराएको सवारीसाधन सुविधा पनि प्रयोग गरेका छैनन् भने उनले तलबभत्ता लिने कुरै भएन। स्थायी सरकार भनेर चिनिने सरकारी कर्मचारी वृत्त भ्रष्टाचारको स्रोत भनेर कहलिएका बेला यी सरकारी अफिसर भने नितान्त अनौठो आचरण देखाइरहेका छन्।

आफ्नो दैनिक आवश्यकता निम्ति सरकारको सुविधा लिनु नपर्ने भएकाले सेवा मात्र गर्न प्रण लिएर काम गरिरहेका यी हुन– गोविन्द टण्डन, सदस्य सचिव पशुपति क्षेत्र विकास कोष। त्यसो त उनले पदबहाली गर्दा नै कोषबाट केही पनि नलिने, निःस्वार्थ भावले सेवा गर्ने कसम खाएका थिए।

सोहीअनुसार पदबहाली गर्नासाथ टण्डनले तलबभत्ता नलिने घोषणा गरे। कोषले सुविधाका लागि उपलब्ध गराएको बाहन सुविधा पनि इन्कार गरिदिए। निजी सवारीसाधनमा कार्यालय आउँछन् उनी। इन्धन र सवारीचालकको तलबभत्ता पनि कोषबाट लिँदैनन्। नागरिक दैनिकमा समाचार छ।

]]>