देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आठ सय कन्टेनर अझै कोलकातामै

देशान्तर

काठमाडौं । देशको प्रमुख नाका वीरगन्ज रक्सौलबाट नियमित आवजागमन हुन नसक्दा अझै भारतको कोलकातामा करिब आठ सय मालवाहक कन्टेनर नेपाल आउने पर्खाइमा रहेका छन्।

लामो समयदेखिको सीमा अबरोधका कारण धेरै कन्टेनर रेलमार्ग हुँदै नेपाल पठाउनु पर्ने बाध्यता रहेकाले ती कन्टेनरले अझै रेल र्‍‍‍याक पाउन नसकेको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ। वीरगन्ज सुक्खा बन्दरगाहमा आउने ती कन्टेनर रेल र्‍याक अभावलगायत समस्याका कारण कोलकातामै अड्केको नायब महाबाणिज्यदूत सुरेन्द्र थापाले बताए।  

उनले भने–रेल र्‍याकको अभाव, रेल लाइनको व्यस्तता तथा नेपालको मुख्य नाका वीरगन्ज सहज हुन नसक्ने भएकाले पनि करिब ८ सय हाराहारीमा कन्टेनर रेल र्‍याकको प्रतिक्षामा छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। 

]]>