देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली कार्यशैलीप्रति दाहालको आपत्ती

देशान्तर

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवं सत्तासीन दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकल मान्यताबाट निर्देशित भई सरकार नचलाउन र संयन्त्रको विचार र निर्णयलाई सम्मान गर्दै अघि बढ्न आग्रह गरेका छन् ।

ओलीलाई भेट्न शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका दाहालले केही दिनयता ओलीका अभिव्यक्ति र केही कार्यबाट आफूले समेत असहजता भोग्नुपरेकाले अब महत्वपूर्ण विषयमा संयन्त्रमार्फत् अगाडि बढ्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले कहिले भारत त कहिले चीन जाने कुरा र त्यसका पूर्वसर्तबारे फरक(फरक टिप्पणी गरेपछि आफैलाई त्यसबारे आधिकारिक तथ्य के हो भन्ने स्पष्ट नभएको गुनासो दाहालले गरेका थिए । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

]]>