देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

देशान्तर

काठमाडौं । सत्ता साझेदार दलले नै सरकार र प्रधानमन्त्री केपी ओलीको कामकारवाहीप्रति असन्तुष्टि सार्वजानिक भइरहेका बेलामा सरकार संचालनका लागि बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ । बैठक विहान ९ बजेपछि सिंहदरबारमा बस्ने बताइएको छ । बैठकमा सरकारको कामकारवाही र संविधान संशोधन भएपछि मधेसी मोर्चाले जारी राखेको आन्दोलन, रक्सौल नाका अझै नखुलेको लगायतका विषयमा छलफल हुने बताइएको छ ।

एकीकृत नेकपा माओवादीले सरकारको काम सन्तोषजनक नभएको भन्दै तत्काल संयन्त्रको बैठक बोलाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको थियो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शनिबार प्रधानमन्त्री ओलीलाई भेटेरै संयन्त्रको बैठक बोलाउन आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले शनिबार दुई नेताबीच भएको छलफलका आधारमा संयन्त्रको बैठक बस्न लागेको जानकारी दिए । अधिकारीका अनुसार पुनर्निर्माण प्राधिकरणको कार्यालयमा बैठक बस्नेछ ।

एमाओवादी अध्यक्ष दाहालको संयोजकत्वमा सत्ता साझेदार र सरकार समर्थित दलका नेताहरुको सहभागीतामा संयन्त्र गठन भए पनि लामो समयदेखि बैठक बस्न सकेको थिएन । यसअघि बसेको एमाओवादी स्थायी समिति बैठकले जनताले राहत अनुभूति हुनेगरी सरकारले काम नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।

]]>