देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारको समिक्षा गर्न बसेको संयन्त्रको बैठक निष्कर्ष विहिन

देशान्तर

काठमाडौँ । सरकार सञ्चालनका लागि समन्वय गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे छलफल भएको छ ।  संयन्त्रको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा निकट भविष्यमा हुने भनिएको प्रधानमन्त्रीको भारत भ्रमणलगायत समसामयिक राजनीतिक विषयमा प्रारम्भिक छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण, समसामयिक राजनीतिक परिस्थिति, सरकारको कामको समीक्षा, मधेस आन्दोलन र नाकाबन्दीबारे कार्यसूची प्रस्तुत भएको संयन्त्रका संयोजक एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए । एमाले वरिष्ठ नेता झलनाथ खनालले समय अपुग भएकाले आजै साँझ बस्ने संयन्त्रको बैठकमा थप छलफल हुने जानकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर जबराले बैठकमा आफूले सीमाको अवरोध मात्र मधेसको समस्या नभई प्रान्तीय सीमाको विषय पनि जोडिने भएकाले त्यस बारेमा गम्भीर छलफल हुनुपर्ने धारणा राखेको जानकारी गराए । बैठकमा एमालेका नेता माधवकुमार नेपाल, मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलगायत सत्तागठबन्धन दलका नेता उपस्थित थिए । 

]]>