देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गाई–भैंसीलाई पनि सुत्केरी भत्ता

देशान्तर

काठमाडौं । सुत्केरी महिलालाई सरकारले हजार रुपैयाँ भत्ता दिँदै आएको छ । तर अब यो भत्ता उनीहरूमा मात्रै सीमित रहने छैन । पशु सेवा कार्यालय मकवानपुरले गाई–भैंसीलाई समेत त्यति नै सुत्केरी भत्ता दिने भएको छ ।

यो आर्थिक वर्षमा पहिलोपल्ट १ सय २५ वटा गाई–भैंसीले यस्तो सुविधा पाउने भएका छन् । सुत्केरी पशुको स्याहारमा किसानलाई प्रेरित गर्नका लागि भत्ताको व्यवस्था मिलाइएको पशु सेवा कार्यालयका प्रमुख रामप्रकाश प्रधानले बताए । उनका अनुसार चालू आर्थिक वर्षर्को दोस्रो चौमासिकदेखि भत्ता वितरण गर्ने तयारी छ । दोस्रो चौमासिकमा ५० र तेस्रोमा ७५ वटा सुत्केरी चौपायाका धनीले रकम पाउने छन् ।

सुरुमा दुग्ध उत्पादक सहकारी संघले छनोट गरेका दुईवटा संस्थामा आबद्ध कृषकका सुत्केरी चौपायालाई भत्ता वितरण गरिने कार्यालयले जनाएको छ । प्रधानका अनुसार उक्त रकम गाई–भैंसीलाई पौष्टिक आहारा खुवाउन प्रयोग गर्नुपर्ने छ । कान्तिपुर दैनिकमा समाचार छ।

]]>