काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल पाँच दिने भारत भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
उपसभापति पौडेल पतञ्जलि योगपीठको कार्यक्रममा सहभागी हुन भारत गएको उनको निजी सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा उपसभापति पौडेलले भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, प्रमुख सुरक्षा सल्लाहकारलगायतसँग उच्च भेटवार्ता गर्ने बताइएको छ ।
काँग्रेसको आसन्न १३ औँ महाधिवेशन नजिकिदै गर्दा सभापतिका उम्मेदवार ठानिएका उपसभापति पौडेलको भारतीय नेतासँग हुने भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।
]]>
प्रतिक्रिया