देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्री

देशान्तर

काठमाडौं । पूर्व अर्थमन्त्री रामशरण महतलाई उत्कृष्ट अर्थमन्त्रीको उपाधि प्राप्त भएको छ। बेलायतको लण्डनस्थित द फाइनान्सियल टाइमको सहप्रकाशन द बैंकरले प्रत्येक बर्ष दिदै आएको यो पुरस्कार यसपटक महतलाई प्रदान गर्ने घोषणा गरेको हो ।

पत्रिकाको आफ्नो ९० औं वार्षिकोत्सवका अवसरमा विश्वभरका बैंकर तथा अर्थशास्त्रीहरुबीच सर्बेक्षण गरी द बैंकरले महतलाई एसिया प्रशान्त क्षेत्रका मुलुकहरुमध्ये उत्कृष्ठ अर्थमन्त्री र समग्र विश्व क्याटेगोरीमा पनि उत्कृष्ठ अर्थमन्त्री घोषणा गरेको जनाएको छ।

बैंकरले विगत १४ बर्षदेखि उत्कष्ठ अर्थमन्त्री र उत्कष्ठ गभर्नर पुरस्कार प्रदान गर्दै आएको छ । बैंकरका अनुसार, महत एसिया प्रशान्त क्षेत्र र विश्व क्याटेगोरीमा उत्कृष्ठ अर्थमन्त्री पुरस्कार पाउने दक्षिण एसियामै पहिलो हुन्।

केही हप्ताभित्रै लण्डनमा विशेष कार्यक्रमको आयोजना गरी महतलाई उक्त पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

]]>