देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुगड म्यानेजरलाई थुनामा राख्न अदालतको आदेश

देशान्तर

काठमाडौं । जिल्ला अदालतले तेल खाद्यान्न लगायत अत्यावश्यक वस्तुमा कालोबजारी गरेको आरोपमा दुगड कम्पनीका म्यानेजरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले खाने तेललगायत वस्तुमा कालोबजारी गरेको आरोपमा अमन जैन र प्रमोदराज अधिकारीलाई थुनामा राख्न आदेश दिएको हो ।  भारत सरकारले लगाएको अघोषित नाकाबन्दीका कारण दैनिक उपभोग्य वस्तुमा कालोबजारी बढेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले रिट निवेदन दर्ता गरेको थियो ।

मञ्चका अध्यक्ष ज्योति बानियाँले अदालतले ज्योति गुप्रका सञ्चालक केशवलाल दुगड, विकास दुगड, नरेश दुगडलगायत अन्य नौ जनालाई पक्राउ पुर्जी जारी गरेको जानकारी दिए । कालोबजारी गर्नेलाई १० वर्ष जेल सजायँ र भेटिएको सामान जफत गरी राज्यको ढुकुटीमा हाल्ने कानुनी प्रावधा रहेको छ ।

]]>