देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिसो र शीतलहरका कारण कैदीबन्दी प्रभावित

देशान्तर

महोत्तरी। तराई–मधेसमा पछिल्लो समयमा अत्यधिक रुपमा बढदै गइरहेकोे बाक्लो हुस्सु एवम् शीतलहरका कारण महोत्तरी जलेश्वर कारागारमा रहेका कैदीबन्दी प्रत्यक्ष प्रभावित भएका छन् । 

कारागार प्रशासनले आगो ताप्नका लागि दाउरा उपलब्ध नगराएपछि त्यहाँ रहेका सयौँ कैदीबन्दी कठ्याङ्ग्रिदै दिन बिताउन बाध्य छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी राखेको अनिश्चितकालीन आमहडतालका कारण जङ्गलबाट दाउरा ल्याउने अवस्था नरहेको जेलर शोभेन्द्र ठाकुरले बताए ।  

तीनसय ८९ कैदीबन्दी रहेको सो कारागारमा हाल मासिक रुपमा खाना बनाउनका लागि १२० क्विन्टल दाउरा आवश्यक रहेको जेलर ठाकुरको भनाइ छ । 

एकसय ३५ कैदीबन्दी अट्ने क्षमता रहेको सो कारागारमा हाल ३२ महिला र पाँच आश्रित बालबालिका गरी ३८९ कैदीबन्दीलाई राखिएको छ । विगतका वर्षमा शीतलहर एवम् चिसोपनबाट बच्नका लागि कारागार प्रशासनले तीन खेप गरी तीन सय क्विन्टल दाउरा कैदीबन्दीलाई आगो ताप्नका लागि उपलब्ध गराउँदै आएको थियो । 

यस क्षेत्रमा पछिल्लो समयमा जारी रहेको बाक्लो हुस्सु एवम् शीतलहरको समयमा कैदीबन्दीलाई चिसोबाट बचाउनका लागि सम्बन्धित सरोकारवालाले समयमै ठोस कदम उठाउनुपर्नेमा मानव अधिकारवादीले जोड दिएका छन् । 

]]>