देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गिरिजाबाबुको नाममा भजाएर खान खोजेको होइनः नेत्री सुजाता

देशान्तर

दाङ। नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको आसन्न १३औँ महाधिवेशनमा आफूले सभापतिमा उमेदवारी दिने बताएकी छन् । 

नेपाल प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले गिरिजाप्रसाद कोइरालाले अपनाएको बाटो र पद्धति समाप्त पार्ने खेल भएको भन्दै अब आफूले पार्टीको नेतृत्व लिने दाबी गरिन् । आफूलाई गिरिजाको छोरी भएकै कारण पार्टीभित्र हिस्सा खोज्ने आरोप लाग्ने गरेको बताउँदै उनले भनिन्, “मैले गिरिजाबाबुको नाममा भजाएर खान खोजेको होइन । ” 
 

एक अर्को प्रसङ्गमा नेत्री कोइरालाले मुलुकको विद्यमान सङ्कट समाधानका लागि दलीय एकता अनिवार्य रहेको बताईन् । सबै दलबीचको एकताबिना सङ्कट समाधान असम्भव रहेको भन्दै उहाँले मुलुकका हितका निम्ति सबै दल मिल्नाको विकल्प नभएको उनले बताईन् ।

]]>