देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा भारतविरोधी गतिविधि बढेकोमा भारत चिन्तित

देशान्तर

काठमाडौं । नेपालमा भारत विरोधी गतिविधि बढेको भन्दै भारतीय सहयोगहरु त्यसलाई कम गर्ने प्रकारको आयोजनामा लगानी गर्ने तयारीमा भारत लागेको छ । नेपाल र भारतका राजदूतले संयुक्तरुपमा अध्यक्षता गरेको बीपी कोइराला नेपाल भारत फाउन्डेसनको मंगलबार नगरकोटमा सकिएको बैठकले यस्तो निस्कर्ष निकालेको हो ।

जनस्तरमा सम्बन्ध विस्तारका २०१६/१७ का लागि २७ वटा कार्यक्रमहरु स्विकृत गरिएको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यी कार्यक्रमहरु करिब तीन करोड बराबरका हुने पनि दूतावासले जनाएको छ । सोमबार र मंगलबार नगरकोटमा चलेको फाउन्डेसनको ३१ औं बोर्ड बैठकले नेपालमा भारतीय लगानीको परियोजना, साँस्कृतिक सम्बन्ध तथा लगानी र पूर्वाधार विकासलगायतका विषयमा छलफल भएको थियो । सन् २०१४/०१५ मा ९६ कार्यक्रम फाउन्डेसनले चलाएको थियो ।

यसै फाउन्डेसनको कार्यक्रममा सहभागी हुन भारतका नर्थ डेक्स प्रमुख अभय ठाकुर, भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय गत शनिबार नेपाल आएका थिए । बैठकमा भारतीय अधिकारीहरु नेपालमा धेरै कार्यक्रम गर्दा र सहयोग गर्दा पनि भारत विरोध भावना बढेको भनेर बढी चिन्तित देखिएको बैठकमा सहभागी एक अधिकारीले बताए ।  कान्तिपुर दैनिकमा समाचार छ । 

]]>