देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्कुल बस र माइक्रो ठोक्किँदा पाँच जनाको मृत्यु

देशान्तर

काठमाडौं । दाङको  तलुसीपुर –घोराही सडकखण्ड अन्तर्गत नारायणपुरको सौडिकुलामा स्कुल बस र माइक्रो बस एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्। 

 विद्यार्थी लिन नारायणपुरतर्फ जाँदै गरेको पद्यमोदय पब्लिक स्कुलको रा १ क १९१ नम्बरको बस र तुलसीपुरवाट घोराहीतर्फ आउँदै गरेको रा १ ज ३७२ नम्बरको माइक्रो बुधवार विहान नारायणपुरको सौडिकुला भन्ने ठाउँमा एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको जिल्ला प्रहरी प्रमुख कुबेर कडायतले जानकारी दिए। मृत्यु हुने सबै माइक्रोमा सवार यात्रु रहेको कडायतले बताए। 
 
मृत्यु हुनेमा माइक्रो चालक मानपुर–७ बनकट्टीका २३ वर्षीय धनवहादुर थापा, त्रिपुर नगरपालिका–१ नारायणपुरका ३६ वर्षीय सबनम अन्सारी र सल्यान काभ्राका साढे दुई बर्षका बालक हेमन्त विष्ट रहेको एसपी कडायतले जानकारी दिए । मृतक दुई जना महिलाको भने अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। 

घाइते २४ जना मध्ये १८ जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने चारजनालाई भैरहवा रिफर गरिएको प्रहरीले बताएको छ। अन्य सामान्य घाइते भएकाहरुको भने राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा उपचार भइरहेको छ। बिहान लागेको बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

]]>