देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्रसर उद्योग चुरे संरक्षणमा चुनौती बन्दै

देशान्तर

जनकपुरधाम। सरकारले चुरे संरक्षणको लागि लाखौँ रुपैयाँ खर्च गर्ने गरेको भए पनि वन जङ्गल र खोला किनारमा अवैध रुपमा खुल्ने गरेका चुरे संरक्षणमा चुनौती बन्दै गएका छन् । 

धनुषाको रातो खोला किनारमा मात्रै चार वटा क्रसर उद्योग अवैध रुपमा सञ्चालनमा छन् । अवैध रुपमा बालुवा, गिट्टी उठाउने गरेका कारण वन जङ्गल विनास भइरहेको छ । सरोकारवाला निकाय यसलाई रोक्नको लागि गम्भीर नेदखिएका कारण समस्या बढ्दै गएको छ । वन विनास अत्यधिक रुपमा बढेको छ भने क्रसर उद्योगले जथाभावी रुपमा नदीबाट बालुवा, गिट्टिका निकाल्ने गरेका छन् । 

क्रसर उद्योगका कारण तटबन्द जोखिममा परेको छ । रोक्नुपर्ने निकायले नै ती उद्योगसित लाभ लिँदा समस्या देखिएको हो । स्थानिय सरोकारवालाहरुका अनुसार खोला किनारमा रहेको क्रसरले बालुवा लिएर घरमासमेत बालुवा पसेको बताउछन् । उनीहरुका अनुसार राति राति बालुवा ओसार्दा हैरान भएको र  जथाभावी बालुवा झिक्दा तटबन्ध नै भत्किने खतरा रहेको छ । 

क्रसर उद्योग सञ्चालन गर्दा घरेलु तथा साना उद्योग कार्यालयले तोकेको मापदण्डअनुसार खोला किनार तथा राजमार्गदेखि ५०० मिटर टाढा हुनुपर्ने, शिक्षण संस्था, स्वास्थ्य संस्था, सांँस्कृतिक पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज, आरक्ष र घनाबस्तीदेखि २०० मिटर तथा चुरे क्षेत्रदेखि एक किलोमिटर टाढा हुनुपर्ने प्रावधान छ । तर यस्ता मापदण्ड पूरा नगरी क्रसर उद्योग सञ्चालन गरिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले त्यसतर्फ चासो नदिँदा समस्या भएको स्थानीयको आरोप छ । 

खोला उत्खनन् गरी ढुङ्गा, गिट्टी, बालुवा, जिल्ला बाहिर तथा भारतसमेत निकासी हुने गरेको छ । जिल्ला विकास समितिले आन्तरिक आम्दानीका लागि खोला ठेक्का लगाउने र एक्साभेटर प्रयोग गर्न दिने, उद्योगको नियमन गर्ने जिम्मा पाएको घरेलु तथा साना उद्योग कार्यालयले कानुनी अधिकार प्रयोग नगर्दा खोलाको दोहन नरोकिएको हो । चुरे आफैमा कमलो हुन्छ । चुरे क्षेत्रबाट अनियन्त्रित तरिकाले उत्खनन् गरिएपछि नदी तथा खोलाको बग्ने दिसा नै परिवर्तन हुन्छ भने कटान बढ्दै जान्छ । 

 

]]>