देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मितेरी पुलमा ब्यापारी र आन्दोलनकारीबीच झडप

देशान्तर

बीरगञ्ज । वीरगन्ज सीमा नाकास्थित मितेरी पुलमा ब्यापारी र आन्दोलनकारीबीच झडप भएको छ । झडपका क्रममा पेट्रोल बम समेत प्रहार भएको छ । झडपका क्रममा आधा दर्जन मोर्चाका कार्यकर्ता घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । धर्नामा रहेका मोर्चाका कार्यकर्ताहरुले साइकलमा समान ओसारेर आन्दोलनलाई कमजोर बनाएको भन्दै रोक्न खोजेपछि विवाद बढेको थियो ।

विवाद क्रममा दुवै पक्षबाट एक घन्टासम्म ढुंगा हानाहान भएको थियो । मोर्चाका कार्यकर्ताले तस्करी गर्नेहरुलाई रोक्न खोज्दा झडप भएको बताएका छना् । घाइतेहरुको नारायणी उपक्षेत्रीय अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

]]>