देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भेची भन्सारमा एकै दिनमा तीन करोड राजस्व संकलन

देशान्तर

दमक। मेची भन्सार कार्यालयले एकै दिनमा रु तीन करोड राजस्व सङ्कलन गरेको छ । 

भन्सारले मङ्गलबार रु दुई करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ । गत असोज ६ गते भारतले नाकाबन्दी गरेपछि उक्त नाका सुनसान बन्दै आएको थियो । मङ्गलबार रातिसम्म ४३७ वटा मालबाहक गाडी नेपाल प्रवेश गरेको राजश्व कार्यलयले जनाएको छ ।  

यसैगरी सो नाकाबाट बुधबार बिहान ११ बजे सम्ममा १५० मालबाहक गाडी भित्रिएका छन् । यसरी आएका मालबाहक गाडीमा क्लिङ्कर, कोइला, खाद्यान्न, लत्ताकपडा, तरकारी, फलफूल, औद्योगिक कच्चापदार्थ र तेस्रो देशका कन्टेनर रहेका छन् । तर इन्धनको आयात भने अझै सहज बनिसकेको छैन् । 

जिल्लामा रहेका आयल निगमका ३५ ट्याङ्करमध्ये दैनिक १८ देखि २० वटामात्र भरिएर आउने गरेको कार्यालयले बताएको छ ।

]]>