देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस सरकार गिराउने खेलमा छैनः काँग्रेस नेता श्रेष्ठ

देशान्तर

इलाम। नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले काँग्रेस सरकार गिराउने खेलमा नलाग्ने बताएका छन् ।

नेपाली काँग्रेस इलामद्वारा आज दिउँसो आयोजित कार्यकर्ता भेटमा उनले अहिले सरकार गिराउनेभन्दा पनि पार्टीको आफ्नो १३औँ महाधिवेशन कसरी स्वच्छ र सफल बनाउन सकिन्छ भन्नेमा लागेको बताए । 

उनले वर्तमान सरकारलाई गिराउनेभन्दा पनि काँग्रेस महाधिवेशनबाट असल नेतृत्व चयन गर्नेतर्फ लागेको र  सरकार गिराउने पक्षमा किमार्थ नलाग्ने प्रष्ट पारे । 

उनले संविधान विभिन्न धार्मिक समुदायको ग्रन्थ जस्तो अपरिवर्तनीय नभएकाले यसमा छुटेका विषयलाई संशोधनमार्फत समेट्न सकिने विचार पनि व्यक्त गरे ।

]]>