देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता छः नेत्री कोइराला

देशान्तर

रुकुम। नेपाली काँग्रेसकी नेत्री एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले देशको अस्थिरता हटाउन राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता रहेको बताएकी छन् ।

नेपाल प्रेस युनियन रुकुमले आज सदरमुकाम मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेत्री कोइरालाले देशलाई अन्तर्राष्ट्रिय तत्वहरुले कमजोर बनाउन खोजेकाले यस्ता तत्वबाट जोगिन राजनीतिक दलहरु विभाजन नहुने बताइन् । 

उनले सबैले राष्ट्रिय एकता र राष्ट्रिय मेलमिलापको बाटो खोज्नु अहिलेको आवश्यकता भएको बताईन् । 

जारी संविधानमा केही त्रुटि भए पनि सबै नेपाली जनताको अधिकार सुनिश्चित गर्दै संशोधन गर्न सकिने उनको भनाइ थियो । 

नेपाली काँग्रेस रुकुमको जिल्लास्तरीय कार्यकर्ता भेलामा प्रमुख अथितिका रुपमा उपस्थित हुन आएकी नेत्री कोइरालाले पार्टी अधिवेशनबाट पुराना पुस्ताले युवालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने बताईन् । 

]]>