देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोर्चाका कार्यकर्ताद्वारा जनकपुरका सरकारी कार्यालयमा तालाबन्दी

देशान्तर

जनकपुरधाम । मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरका सरकारी कार्यालयमा तालाबन्दी गरेका छन । लाठी जुलुस प्रदर्शन गर्दै हजारौको संख्यामा आएका मोर्चाका कार्यकर्ताले शुक्रबार जनकपुरका सरकारी कार्यालयमा तालाबन्दी गरेका हुन ।

जनकपुरको पिडारीचोकबाट एक हजार जनाभन्दा बढीको संख्यामा आएका आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, मालपोत कार्यालय, नापी कार्यालय, कृषि कार्यालय, जिल्ला वन लगायत कार्यालयमा तालाबन्दी गरेका हुन् ।

बिहीबार केहि व्यापारीको समूहले मोर्चाका दुई नेताको दुई वटा मोटरसाइकल जलाएको विरोधमा आन्दोलनकारीले शुक्रबारबाट सम्पूर्ण शिक्षण संस्था, बजार, व्यावसाय बन्द गराउँदै आन्दोलन चर्काएका छन् । यसअघि बिहीबार राजश्व संकलन गर्न लागेको भन्दै आन्तरिक राजश्व कार्यालयमा मोर्चाले तालाबन्दी गरेका थिए ।

 

]]>