देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राखेपद्वारा क्यानको तदर्थ समिति गठन

देशान्तर

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नेपाल क्रिकेट संघ(क्यान)को तदर्थ समिति गठन गरेको छ । 

विवादका बीच सम्पन्न भएको क्यानको साधारणसभालाई मान्यता नदिएको राखेपले एमालेसम्बद्ध मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष  रहेका रमेश शिलवालको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको महासचिवमा पवन अग्रवाल छन् ।

राखेपले यसअघि २०७१ कात्तिक २० गते विनयराज पाण्डेको नेतृत्वमा तदर्थ समिति बनाउँदा पनि शिलवाल महासचिव थिए । तर, सर्वोच्च अदालतले मान्यता नदिएपछि यो समिति सक्रिय नै हुन पाएन ।

तत्कालीन अध्यक्ष टंक आङबुहाङ सहितको समूहले बहिस्कार गरेको साधारण सभाले चतुरबहादुर चन्दको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको थियो । तर, राखेपले यसलाई मान्यता नदिएर क्रिकेट संघको सम्पूर्ण अधिकार कार्यकारी अधिकृत भावना घिमिरेलाई दिएको छ ।

राजनीतिक तहको तदर्थ समिति बनाउने आँकलन गरिए पनि राजनीतिक तहका व्यक्तिहरु अन्तराष्ट्रिय मान्यता पाउन नसक्ने तथा कानुनी अनिश्चियकाबीच आउन नचाहेकोले राखेपले शिलवालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो । 

]]>