काठमाडौं । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधानमाथिको राजनीति अति भएकाले अब त्यो बन्द हुनुपर्ने बताएका छन् ।
‘हामीले २००७ सालदेखि नै संविधानमाथि राजनीति गर्दै आएका छौं,’ सवैधानिक कानुन व्यवसायी मन्चले शुक्रबार प्रकाशित गरेका दुर्इवटा पुस्तकमाथि टिप्पणी गर्दै उनले भने ‘अझै राजनीति कति गर्ने ? अब विकासका मुद्दामा केन्द्रित होऔं ।’
संविधान भनेको धेरै दलहरुको न्यूनतम सहमतिको दस्तावेज भएकाले असहमति हुनु स्वभाविक भएपनि त्यसको निराकरणचाँहि संवाद र संशोधनबाट हुनुपर्ने उनको भनाई थियो । कान्तिपुर दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया