देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हिमपातले बारपाक र लाप्राकका भूकम्पपीडितको बिचल्ली

देशान्तर

गोरखा। गोरखाको लाप्राक, बारपाक र घ्याच्चोकलगायत क्षेत्रमा गएराति भीषण असिना पानी परेको छ । 

बारपाकमा बेलुकी ९ बजेदेखि असिनासहितको पानी परेको थियो भने लाप्राक र घ्याच्चोकमा बेलुकी ११ बजेदेखि असिनापानी परेको स्थानीयले टेलिफोनमा बताएका छन् । त्यस क्षेत्रमा रातभर सिमसिम पानी बर्सेको छ । 

असिना पानी परेपछि अत्यधिक चिसो बढेको छ । बाहिर निस्कन नसकेका स्थानियहरुले बताएका छन् ।  जस्तापाताले छाएको टहरोमा बसेका र त्रिपाल, टेन्टमुनि बसोबास गर्दै आएकालाई पानीले रुझाएको छ । बारपाकमा एक हजार ३७२ घरधुरीमध्ये स्नान गाउँका ३० घरधुरी अझै त्रिपालमुनि छन् । 

बारपाक, लाप्राकको गुप्सीपाखा र घ्याच्चोकको धन्सिरा गाउँमा हिमपात भएको हो । गाउँ नजिकैको डाँडामा बाक्लो हिउँ परे पनि गाउँमा हल्का हिउँ झरेको स्थानियहरुले बताएका छन् ।

अझै १२ गाविसमा बाँड्ने रकम निकासा नआएकाले समस्या भएको हो । ३८ गाविसमा भने राहत रकम वितरण गरिसकेको छ । १० हजार राहत रकम बुझेका भूकम्पपीडितले न्यानो कपडा किनेका छैनन् । केहीले घरखर्चमै सो रकम सिध्याएका छन् ।

]]>