देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सितापाईला सहकारीको साधारणसभा सम्पन्न

देशान्तर

काठमाडौं । सितापाईला बहुउद्देश्यीय सहकारी  संस्था लिमीडेटको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव सांसद नविन्द्रराज  जोशीको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बीच साधारणसभा  सम्पन्न भएको संस्थाले जनाएको छ । साधरणसभामा उस्सु खेलमा उल्लेखनिय योगदान पु¥याएको भन्दै प्रशिक्षक कुमारबहादुर  दाहाल र साहित्यकार तथा प्राज्ञ ज्ञानमणी  नेपाललाई  दोसल्ला, नगद तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।  

यस्तै उत्कृट कार्य  गरेको भन्दै सहकारीमा आवद्ध चिसा महिला समूह, बाडभञ्याङ काठमाडौं, र थाप्ले  महिला  समूह, भिमढुङगा काठमाडौलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा  शेयर सदस्यहरुका बीच चिठ्ठा कार्यक्रमको आयोजना समेत गरिएको थिायो । जसमा प्रथम पुरस्कार रिता लामाले  विद्युतिय चूलो र द्धितिय पुरस्कार  देवकी लामाले मोबाइल सेट प्राप्त गरेकी थिइन् ।  संस्थाका अध्यक्ष केदार मानन्धरले सहकारीका सदस्य बढ्नु नै सहकारीको सफलता हुने बताए । उनले सितापाईला सहकारीले भूकम्प पिडितको  राहतका लागि बिभिन्न काम गरेको जानकारी गराएका थिए । कार्यक्रममा लेखा समिति संयोजक  श्रीप्रसाद घिमेरेले  वार्षिक प्रतिवेदन पेश गरेका थिए । साधरणसभामा अध्यक्ष मानन्धरले प्रतिवेदन सर्वसम्मतीले पाश गरेका थिए ।

जसअनुसार अहिले सहकारीको शेयर पुँजी ४ करोड ३७ हजार २० रुपैया रहेको छ । जसमध्ये बचत तथा निक्षेप–४४ करोड १६ लाख ६८ हजार २ सय १३ रुपैया ३१ पैसा रहेको बार्षिक प्रतिवेदनमा उल्लेख छ । अहिले कुल ऋण लगानी ३० करोड १७ लाख १८ हजार ५१ रुपैया र अन्य लगानी ८३ लाख १४ हजार रहेको छ । सहकारीमा जगेडा कोष तथा अन्य कोषहरुमा १ करोड ३९ लाख ९२ हजार ६ सय ५४ रुपैया रहेको बार्षिक प्रतिवेदनमा उल्लेख छ । जसमध्ये स्थिर सम्पत्ति ११  करोड ७ लाख ८९ हजार ९ सय ८ रुपैया, नगद तथा बैंक मौज्दात ५ करोड ४५ लाख ७८ हजार ८ सय ५ रुपैया, बाह्य ऋण ४ करोड २८ लाख ११ हजार २ सय ३५ रुपैया रहेको छ । अहिले सम्म सहकारी ५ हजार ७ सय ६९ रुपैया नाफामा रहेकोर कूल सम्पत्ति ५४ करोड ८९ लाख ६४ हजार ८ सय ६ रुपैया रहेको बताइएको छ । 

शनिवार सम्पन्न साधरणसभाको उदघाटन गर्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा सभासद नविन्द्रराज जोशीले सहकारी दुखको साथी भएको बताए । उनले पछिल्लो समयमा सहकारीले महिला सशक्तिकरणमा उल्लेख्निय काम गरेको बताउँदै आर्थिक रुपमा मात्रै नभई,सामाजीक रुपान्तरणमा पनि सहकारीको भूमिका प्रशसंनीय भएको उल्लेख गरे । महिलालाई सशक्त नबनाएसम्म सम्रगमा देश विकाश हुन सक्नेमा जोशीको जोड दिएका थिए । 

 

]]>