देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भक्तपुरमा औषधिको चरम अभाव

देशान्तर

भक्तपुर । भारतीय नाकाबन्दीका कारण भक्तपुरमा औषधि चरम अभाव भएको छ । जिल्लामा जटिल रोगदेखि झाडापखालाको औषधिको समेत चरम अभाव भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरको औषधि भण्डारण कक्षा रित्तिएको छ भने औषधिको बढ्दो माग भए पनि कार्यालयले औषधि दिन सकेको छैन ।

“एक त भारतीय नाकाबन्दीका कारण औषधि आयात ठप्पै भयो” – कार्यालयका भण्डारण शाखाका प्रमुख यादवप्रसाद मिश्रले भने– “अर्कोतर्फ कार्यालयले बजेट अभावका कारण विगत तीन वर्षयता औषधि र स्वास्थ्य परीक्षण गर्ने सामग्रीसमेत किन्न सकेको छैन, त्यसैले पनि औषधि अभाव भयो ।”

कार्यालयले जिल्लाको १९ स्वास्थ्य चौकी, दुई प्राथमिक स्वास्थ्य केन्द्र र तीन नगर जनस्वास्थ्य केन्द्रलाई औषधि वितरण गर्दै आएको छ । ती स्वास्थ्य केन्द्रबाट प्रतिमहिना विभिन्न रोगको करिब ४० देखि ५० हजार ट्याबलेट औषधि माग हुने गरेकामा अहिले प्रतिमहिना मुस्किलले छ हजार ट्याबलेट औषधिमात्र वितरण गरिरहेको छ ।

ती केन्द्रलाई सामान्य सिरिन्जदेखि विपी इक्युपमेन्टलगायतका सामानसमेत दिन सकेको छैन । मिश्र भन्छन्– “विपी इक्युपमेन्टलगायतका सामान माग भए पनि दिन सकिएको छैन, कैयौं वर्ष पुराना सामानले काम चलाउ भएको छ ।”

जाडोयाममा ज्येष्ठ नागरिकमा बढी समस्या देखिने श्वासप्रश्वास, दम र अन्यमा समेत देखिने आँखा, एलर्जी, छाला, ग्यास्ट्रिक, एन्टिबायोटिक, झाडापखालालगायतका औषधिको समेत  चरम अभाव भएको कार्यालयको भनाइ छ ।

सरकारले जनस्वास्थ्य कार्यालयमार्फत निःशुल्क बाँडिदै आएका ७० प्रकारका औषधि र मेडिसिन (प्राविधिक) सामग्रीसमेत सकिएको छ । कार्यालय भण्डारण शाखाकी फर्मासिस्ट एलिसा भोमीले सामान्य चार प्रकारको औषधि पनि समय सकिएका औषधि रहेको बताए ।

उनले भने– “विभिन्न ठाउँबाट ल्याएका औषधि पनि एक महिनासम्म मात्रै डेट भएका छन्, औषधिको नाममा अब सिटामोल, आइरन चक्की, बी कम्प्लेक्स र जीवनजल मात्रै पाँच महिनासम्मलाई पुग्ने छ, अरु औषधि छैन ।”

 

]]>