देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिटिजन्स बैंक अफ्ताब करेन्सी एक्सचेन्जबीच रेमिटेन्स सम्झौता

देशान्तर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड बिच विश्वको विभिन्न १५ देशहरुबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी बैंकिङ्ग प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ । 

यस सम्झौता बमोजिम अब यु।के।, स्पेन, बेल्जियम, जर्मनी, स्वीडेन, फ्रान्स, आयरल्यान्ड, इटाली, नर्वे, नेदरल्यान्ड, डेनमार्क, पोर्चुगल, ग्रिस लगायत अन्य युरोपेली राष्ट्रहरुबाट अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड मार्फत नेपालमा पठाएको विपे्रषण रकम सहज रुपमा सिटिजन्स बैंकको नेपाल भर रहेको ५६ वटा शाखाहरु र ३,००० भन्दा बढि सहायक प्रतिनिधिहरु बाट सरल र सहज रुपमा भुक्तानी पाउन सकिने सम्झौता पछि जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 

सम्झौता पत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री बोधराज देवकोटा तथा अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेडका सञ्चालक श्री अफताब अशरफले   हस्ताक्षर गरेका छन् । 

बैंकले यस अघि यू.के को स्मल वल्र्ड फाईनासियल सर्भिसेस, यू.ए.ई को अल अहलिया मनि एक्सचेन्ज ब्यूरियो, अल अन्सारी एक्सचेन्ज, एक्सप्रेस मनि सर्भिसेस र अल दहाब एक्सचेन्ज संग सम्झौता गरि ती विप्रे्रषण कम्पनीहरु बाट बैंकिङ्ग प्रणालि मार्फत नेपाल आएको विपे्रषण रकमको भुक्तानी बैंकको सम्पूर्ण शाखाहरु तथा सहायक प्रतिनिधिहरु बाट गर्दै आइरहेको छ । 

यसको अतिरिक्त स्वदेशको विभिन्न विपे्रषण कम्पनी संग सहकार्य गरि बैंकले आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्र्टन यूनियन, मनिग्राम, आइ.एम.ई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, बेष्ट रेमिट, पृथ्वि एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस र सिजि मनि बाट आएको विपे्रषण रकमको भुक्तानी गर्दै आइरहेको छ । यसको साथ साथै बैकले निकट भविष्यमा अन्य विभिन्न मुलुकमा रहेको विभिन्न विप्रेषण कम्पनी संग सम्झौता गरि विप्रे्रषण सेवालाइ विस्तार गर्दै लैजाने योजना राखेको प्रशासकिय प्रमुख उमंग शर्माद्वारा जारी विज्ञप्तीमा जनाईएको छ ।  

]]>