काठमाडौं। ग्लोबल आईएमई बैंकले जिल्लाको श्रीकोटमा शाखारहित बैकिङ सेवा सुरु गरेको छ ।
गाउँमै बैंकिङ सेवा पाएपछि स्थानीयबासि खुशी भएका छन् । श्रीकोट गाविस–४ खोचल्लेक बजारमा बैंकले आफ्नो सेवा विस्तार गरेको हो ।
बैंकसम्बन्धी सानोतिनो काम पर्दा समेत सदरमुकाम जानुपर्ने बाध्यताबाट ग्राहकहरुलाई यो सेवाबाट राहत पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले सेवा विस्तार गरेपछि खातामा रकम जम्मा गर्न, झिक्न, रकम थाहा पाउनेलगायत सामान्य कामका लागि सदरमुकाम जानुपर्ने बाध्यताबाट मुक्त हुने बैंकले जनाएको छ ।
बैंकिङ सेवालाई सबैको पहँचमा विस्तार गर्ने बैंकको लक्ष्य अुनरुप नै शाखारहित बैंकिङ सेवा विस्तारलाई निरन्तरता दिईरहेको र यसकै पाटो यो शाखा विस्तार भएको बैंकले बताएको छ ।
]]>
प्रतिक्रिया