देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज हुने भनिएको त्रिपक्षीय वार्ता स्थगित

देशान्तर

काठमाडौं । सरकार मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच हुने भनिएको त्रिपक्षीय वार्ता  तयारी नपुगेको भन्दै अश्चितकालका स्थगित भएको छ । 

सोमबार  बसेको वार्तामा तयारी नपुगेको भन्दै आजको लागि वार्ताको मिति तय  गरिएको पनि आवस्यक गृहकार्य नपुगेको भन्दै वार्ता स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा वलीले ट्वीटरमार्फत जानकारी गराएका छन् । छलफलबाट अर्को  वार्ताको मिति तय गरिने प्रधानमन्त्रीले  बताएका छन् । 

मधेसवादी दलहरुले सरकारसँग वार्ताका लागि अघि सारेका ११ बुँदे मागमा प्रस्ट भएर वार्तामा आउन आग्रह गरे अनुसार आज बिहान तीन दल बसेर साँझ संयुक्त वार्ता गर्ने तयारी थियो। तर तीन दलले एक धारणा बनाउन सकेनन्।  त्यसको साटो एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले मधेसमा तीन प्रदेशसहित आठ प्रदेशमा जान सकिने प्रस्ताव आज बिहान सार्वजनिक भएको थियो । 

]]>