देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधेस आन्दोलनको निकास तत्काल निकाल्नुपर्छः काँग्रेस

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गगन थापाले मुलुक अनिश्चिततातर्फ गइरहेकाले मधेस आन्दोलनको तत्काल निकास निकाल्नुपर्ने बताएका छन् ।

आज राजधानीमा जिल्ला कार्य समिति काठमाडौँले आयोजना गरेको दबाब र्यालीमा बोल्दै काठमाडौँ क्षेत्र नं ४ का सभासद्समेत रहेका थापाले मधेसको मागलाई तत्काल सम्बोधन गरी मुलुकलाई निमार्णको बाटोमा लैजानुपर्ने धारणा राखे ।

संविधानले सबै वर्ग, समुदाय र परिवेशका जनतालाई समेटेको बताउँदै थापाले संविधानमा भएका विषयलाई जनतासम्म पुर्याउन सरकार असफल भएको उल्लेख गरे ।

उनले दैनिक उपभोग्य सामग्री, औषधि तथा इन्धनको आपूर्तिका लागि गम्भीर हुनुपर्ने र आन्दोलनरत दललाई सहमतिमा ल्याई निर्दोष जनताको जीवन रक्षा गर्न सरकारसँग माग गरे ।

उनले भारतले नेपालले पाउनुपर्ने पारवहन अधिकारलाई बिना कारण खोसे पनि नेपाली जनताले कति पनि विचलित नभई त्यसको सामना गर्ने बताउनुभयो । काँगे्रसका जिल्ला सभापति भीमसेन दास प्रधानले तराईमा केही पार्टीले गरेको आन्दोलनले सिङ्गो देशलाई पछाडि धकेलेको धारणा राखे । उनले संविधानमा असहमति भए त्यसलाई वार्ता र सहमतिबाट मात्र सुल्झाउन सकिने भएकाले आन्दोलन छोडी वार्तामा आउन आग्रह गरे ।

अधिकार, न्याय र शान्तिका लागि दबाब ¥याली गर्नुपरेको बताउँदै काँग्रेस सभासद् राज्यलक्ष्मी श्रेष्ठले तत्काल सरकारले तराई समस्याको निकास निकाली उपभोग्य सामग्रीको कालोबजारी नरोकेमा देशव्यापी रुपमै दबाबको कार्यक्रम गर्ने चेतावनी दिइन् ।

काठमाडौँ क्षेत्र नं ७ का सभासद् ध्यानगोविन्द रन्जितले मधेस आन्दोलनलाई टुङ्गोमा पुर्याउन काँग्रेस लचिलो भएको उल्लेख गर्दै ठोस प्रस्ताव ल्याई सरकारलाई अघि बढ्न सुझाव दिए ।

समितिले आज शान्तिबाटिकामा आयोजना गरेको दबाब र्याली न्यूरोड, सहिदगेट, पुरानो बसपार्क हुँदै शान्ति बाटिकामा आई कोणसभामा परिणत भएको थियो ।

]]>