देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तस्करी गरेको भन्दै एक युवालाई पेट्रोल छर्केर आगो लगाइयो

देशान्तर

परासी । नवलपरासीमा अज्ञात समूहले  आज सनई–९ पडसरीमा १८ वर्षीय एक युवकको शरीरमा पेट्रोल छर्केर आगो लगाई घाइते बनाएका छन् ।

तेल तस्करी गरेको भन्दै रुपन्देही गाविसका सन्दीप यादवलाई सो समूहले आगो लगाई घाइते बनाएका हुन् ।

आगलागीबाट उनी चढेको लु ३ प २०१७ नम्बरको मोटरसाइकलसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

घाइते यादवको पृथ्वीचन्द अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको डा। मोहम्मद नुरुल होदाले जानकारी दिए ।

युवकलाई आगो लगाउने कार्यमा संलग्न रहेको आशङ्कामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ

]]>