देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साझा धारणा बनाएर समस्या समाधान गर्न तीनदल सहमत

देशान्तर

काठमाडौँ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागमा साझा धारणा बनाएर सम्बोधन गर्न प्रमुख तीन राजनीतिक दल एकमत भएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सत्तारूढ दल नेकपा (एमाले) सहित एकीकृत नेकपा (माओवादी) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच भएको बैठकले अहिलेको असहज परिस्थितिमा ठोस धारणा बनाएर छिटोभन्दा छिटो सहमति खोज्ने निर्णय गरेको हो । 

समस्या समाधानका लागि तीन दल एकमत भए पनि साझा धारणा कस्तो बन्यो र आन्दोलनरत पक्षसँग कहिले वार्ता हुने हो भन्ने कुरा बाहिर ल्याइएको छैन । यद्यपि नेताहरुले आजै वा छिटोभन्दा छिटो मधेसी मोर्चासँग वार्तामा बस्ने बताएका छन् । 

 

]]>