देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘राजनीति स्थायित्वको लागि राष्ट्रिय एकता आवश्यक’

देशान्तर

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक स्थायित्वका लागि राष्ट्रिय एकताको आवश्यक रहेको बताएका छन् । 

नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आज आयोजना गरेको ‘संविधान कार्यान्वयनका चुनौती र सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रियामा महामन्त्री सिटौलाले संविधान कार्यान्वयनका लागि राजनीतिक एकता आवश्यक रहेको बताएका हुन्  । 

उनले बिना राष्ट्रिय एकता संविधान कार्यान्वयन नहुने भन्दै भने, ‘ राष्ट्रिय एकताबिना कुनै पनि निर्वाचन सम्भव छैन, त्यसैले मुलुकलाई अहिले एकता आवश्यक छ ।” 

महामन्त्री सिटौलाले अघिल्लो संविधानसभाको असफलतालाई हटाउनु र काँग्रेसको महाधिवेशनलाई वैधानिकता दिनका लागि संविधान निर्माणमा हतारिनु परेको स्पष्ट पारे । 

वरिष्ठ पत्रकार हरिहर विरहीले मुलुकमा भएका विभिन्न आन्दोलन नेपाली काँग्रेसको नेतृत्वमा भएकाले संविधान कार्यान्वयनका लागि पनि काँग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए  । 

उनले मुलुकको वास्तविक समस्या के हो भन्नेबारेमा सञ्चारमाध्यामले नियाल्नु जरुरी भएको स्पष्ट पारे । 

]]>