देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विवाद साँगुरो हुँदै गएको छः उपप्रधानमन्त्री थापा

देशान्तर

काठमडौँ। उपप्रधानमन्त्री कमले  सीमा मा देखिएको अवरोध र अघोषित नाकाबन्दी यथाशीघ्र अन्त्य भएर पारवाहन र आपूर्ति व्यवस्थापनमा सहज हुने बताएका छन् । 

व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा बोल्दै परराष्ट्रमन्त्री थापाले भने,“भारतीय नेतासँग भएको पछिल्लो कुराकानीबाट अब यो समस्या सामाधानतर्फ उन्मुख भएको आशा र विश्वास लिएको छु, यद्यपि परिणाममा त्यो कुरा रुपान्तरण भएसम्म हामीले ढुक्क भएर बस्ने अवस्था छैन, निरन्तर सचेत रहनुपर्छ र यसको लागि कूटनीतिक प्रयासलाई निरन्तर रुपमा जारी राख्न सरकार सचेत छ ।”  

मधेसकेन्द्रित दलबाट भएको आन्दोलन र भारतबाट पारवहन तथा आपूर्तिमा भएको अघोषित नाकाबन्दीबाट नेपाली जनताले धेरै कष्टका साथै देशले आर्थिक र मानवीय सङ्कट ब्यहोर्नु परिरहेको बताउँदै उनले सो समस्या समाधानका लागि राजनीतिक, आपूर्ति व्यवस्थापन र कूटनीतिक पक्षबाट मुख्य रुपमा पहलकदमी भइरहेको जानकारी दिए । 

]]>