देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तराईका २२ जिल्लाका एमाले नेताको ​ भेला आजदेखि

देशान्तर

काठमाडौं । तराई मधेशको समस्याका बारेमा पार्टीको धारणा तय गर्नका लागि एमालेका अगुवा कार्यकर्ताको भेला आजदेखि चितवनमा सुरु हुँदैछ । संविधान जारी भएपछि पार्टीको रणनीति तय गर्न एमालेले अगुवा नेता कार्यकर्ताको भेलाको आयोजना गरेको हो ।

संविधानमा विषयमा चलेको भ्रमण चिर्नका लागि भेलाको आयोजना गरिएको एमालेले जनाएको छ । दुई दिने राष्ट्रिय भेला तराईकेन्द्रित रहने नेताहरुले बताएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली पनि सहभागी हुने भेलामा तीनवटा अवधारणा पत्र पेस हुनेछन् ।

भेलामा महासचिव ईश्वर पोख्रेलले संविधान अन्तरवस्तु तथा अन्य देशमा संविधानका तुलनात्मक अध्ययन गरिएको कार्यपत्र पेश गर्नेछन् । त्यस्तै उपमहासचिव घनश्याम भुसााले भारतीय नाकाबन्दी, अन्तर्राष्ट्रिय आयामहरु र सचिव प्रदीप ज्ञवालीले तराई मधेसको आर्थिक सामाजिक अवस्थाको विषयमा धारणा पेश गर्ने कार्यक्रम रहेको छ ।

]]>