देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदको अवरोध हटाउने विषयमा शीर्षनेताबीच छलफल

देशान्तर

काठमाडौँ। लामो समयदेखि अवरुद्ध रहेको व्यवस्थापिका–संसद्को बैठक खुलाउने विषयमा प्रमुख दलका शीर्षनेताहरुबीच छलफल भएको छ । 

सभामुख ओनसरी घर्तीको कार्यकक्ष सिंहदरबारमा आज भएको छलफलमा लामो समयदेखि सदनमा जारी अवरोध खुलाउने विषयमा छलफल केन्द्रित रहेको थियो । 

तराई–मधेसमा आन्दोलनरत मधेसवादी दलको अवरोधका कारण सदन अवरुद्ध हुँदै आएको छ । संयुक्त मधेसी मोर्चालाई पनि विश्वासमा लिएर सदन खुलाउने विषयमा छलफल भएको बताइएको छ । 

सभामुखका निजी सचिव सुरजकुमार दुराले प्रमुख दलका शीर्षनेताहरुबीच सदन खुलाउने विषयमा छलफल भएको जानकारी दिए । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका तर्फबाट नेता महेश आचार्य र प्रमुख सचेतक चीनकाजी श्रेष्ठ सहभागी थिए । काँग्रेस सभापति कोइराला राजधानीबाहिर भएकाले छलफलमा सहभागी हुन नसकेको सचेतक श्रेष्ठले जानकारी दिए । 

अहिले प्रमुख दलका शीर्ष नेता र मधेसी मोर्चामा आवद्ध दलका नेताहरुबीच संसद भवन नयाँ बानेश्वरमा छलफल चलिरहेको छ । सदनको बैठक आज बिहान ११ बजेका लागि बोलाइए पनि छलफल जारी रहेका कारण सदनको कारवाही सुरु हुन सकेको छैन ।

]]>