देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिटिइभिटी कर्मचारी सङ्घमा बडू

देशान्तर

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटी कर्मचारी सङ्घको केन्द्रीय अध्यक्षमा देवदत्त बडू निर्वाचित भएका छन् ।

सङ्घको सोमबार भएको पाँचौँ केन्द्रीय महाधिवेशनले आगामी दुईवर्षका लागि वरिष्ट उपाध्यक्षमा रामकिशोर लाल कर्ण, उपाध्यक्षहरुमा यदुप्रसाद पुडासैनी, रजनी देवकोटा, छवि दवाडी, साजन घिमिरे र होमबहादुर महत्रा निर्वाचित भएका हुन् ।

त्यसैगरी महासचिवमा शङ्कर कोइराला, उपमहासचिवमा दीपक टण्डन, कोषाध्यक्षमा पशुपति बतासलगायत २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको महासचिव कोइरालाले जानकारी दिए ।

बिभिन्न जिल्लाबाट प्रतिनिधि आएको महाधिवेशनको नेपाली काँग्रेसका महामन्त्री कृष्ण सिटौलाले उद्घाटन गरेका थिए । 

 

]]>