देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कालीगण्डकी मर्मतमा ३ अर्ब विश्व बैंकसँग ऋण

देशान्तर

काठमाडौं । कालीगण्डकी ए जलविद्युत्गृह पुनस्थापनाका नाममा नेपाल विद्युत प्राधिकरणले विश्व बैंकसँग ऋण लिएर तीन अर्ब रुपैयाँ खर्च गर्ने भएको छ। हरेक वर्ष सामान्य मर्मत हुँदै आइरहेको देशकै ठूलो यो विद्युतगृह उत्पादन सुरु भएको १३ वर्षपछि यसको हेडवर्क्स बाँधलगायत संरचना नै बदल्ने, इलेक्ट्रो मेकानिकल उपकरण फेर्ने गरी अनावश्यक खर्च हुन लागेको प्राधिकरण स्रोतले बतायो।

तीन अर्ब रुपैयाँले १५ मेगावाटको नयाँ आयोजना बनाउन पुग्छ। कालीगण्डकीका यन्त्र उपकरण सामान्य मर्मत गरे पुग्नेमा प्राधिकरणले त्यसलाई हटाएर नयाँ उपकरण राख्न लागेको छ । मर्मत गर्दा ३० प्रतिशत खर्च गरे हुनेमा शतप्रतिशत खर्च हुने भएको छ।

प्राधिकरण स्रोतका अनुसार पुनः स्थापना  आयोजनाले रनर, ब्याट्री भल्ब, टप कभर, बटम कभर, ट्रेस र्‍याक, जीएसआईजस्ता इलेक्ट्रो मेकानिकलका उपकरण पूरै फेर्न लागेको छ। यी सबै सामान मर्मत गर्न सकिन्छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

]]>