देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धरै भोल्ट विद्युत प्रवाह हुदाँ करेण्ट लागेर मकवानपुरमा २ को मृत्यु

देशान्तर

हेटौडा । मकवानपुरको हाँडिखोला गाविसमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । नयाँ जडान गरिएको विद्युत ट्रान्समिटरबाट धरै भोल्ट विद्युत प्रवाह हुदाँ हाडिखोला  ३ र ४ मा एकएक जना गरी २ जनाको मृत्यु भएको एसपी मिरा चौधरीले जानकारी दिईन्।

 मृत्यु हुनेमा हाँडीखोला ४ की शर्मिलाडिम्डुङ र ७० वर्षीया ठूलीमाया मुक्तान रहेका छन्। १५ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि हेटौडा अस्पतालमा लगिएको छ।

विद्युत प्राधिकरणका कर्मचारीको लापरबाहीका कारण अकालमा ज्यान गएको भन्दै स्थानीयबासी आक्रोश भएका छन् । हाइ भोल्जेज आउँदा गाउँका अधिकांशका इलेक्ट्रिक सरसामान विग्रिएका छन्।

]]>