देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तराई आन्दोलनका कारण तराईमा ‘न्याय’ प्रभावित

देशान्तर

लहान। संयुक्त मधेसी मोर्चाको आमहडतालका कारण पुनरावेदन अदालत राजविराजको मुद्दा सुनुवाइ प्रभावित  भएको छ । 

आमहड्तालका कारण मुद्दाका पक्ष, विपक्ष र कानुन व्यवसायी मुद्दा सुनुवाइमा सहभागी हुन नसकेका कारण मुद्दाको सुनुवाइ प्रभावित भएको हो । 
 

चालु आर्थिक वर्ष २०७२÷७३ को प्रथम चौमासिकमा एक हजार ६०० मुद्दाको फस्यौट गर्नुपर्नेमा आमहडतालका कारण २६७ वटा मुद्दा मात्र फछ्र्यौट हुन सकेको पुनरावेदन अदालत राजविराजका रजिस्टार मानबहादुर कार्कीले जानकारी दिए । 

२०७२ साउनदेखि मङ्सिरसम्म पाँच महिनाको अवधिमा लक्ष्यभन्दा करिब एक हजार ३०० को सङ्ख्यामा मुद्दा कम फछ्र्यौट भएको रजिस्टार कार्कीले बताए । 

२०७१ बाट दुई हजार ५९ मुद्दा जिम्मेवारी र २०७२ मा ३९८ वटा मुद्दा नयाँ दर्ता भई जम्मा दुई हजार ४५७ मुद्दा जम्मा लागत रहेको तथ्यांक छ । 

जसमा २०७२ साउन महिनामा १५, भदौमा २६, असोजमा २१, कात्तिक मा १५ र मङ्सिरमा २४ वटा नयाँ मुद्दा दर्ता भएको बताउनुभयो । जम्मा दुई हजार ४५७ मुद्दामध्ये साउन महिनामा १९६, भदौ महिनामा २७, असोज महिनामा १६, कात्तिक महिनामा २० र मङ्सिर महिनामा ८ गरी जम्मा २६७ वटा मुद्दा फछ्र्यौट भएको उनले बताए ।

आन्दोलन भएका जिल्लाहरुका अधिकांस अदालतहरुमा सुनवाइृ तथा मुद्दा फस्र्यौटमा प्रभावित भएको छ र जसबाट समयमै न्याय पाउनुपर्ने नागरिकको अधिकारमा गम्भिर हनन् भएको छ । 

 

]]>