देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिहानको समयमा विद्यालय सञ्चालन हुुँदा पठनपाठनमा कठिनाइ

देशान्तर

गोलबजार । आन्दोलनरत मधेसी मोर्चाको निर्णयअनुुसार तराईका आठ जिल्लामा बिहानको समयमा विद्यालय सञ्चालन गर्दा पठनपाठनमा कठिनाइ भइरहेको शिक्षक र विद्यार्थीले गुनासो गरेका छन् । 

एक्कासि चिसो बढेसँसै बिहानको समयमा विद्यालयमा विद्यार्थीको उपस्थिति न्यूून हुन थालेपछि कक्षा सञ्चालनमै समस्या आएको हो । ठूूला कक्षाका विद्यार्थी जेनतेन विद्यालय आउने भए पनि साना कक्षाका विद्यार्थी भने मारमा परेका छन् । 

आन्दोलनरत मधेसी मोर्चाले तराईका जिल्लामा बिहान मात्र विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेपनि जाडो बढेका कारण विद्यार्थीलाई विद्यालय आउन र पढ्न समस्या भएको शिक्षक अविभावकहरुले बताएका छन् । 

उनीहरुका अनुसार चिसोका कारण कक्षा ५ सम्मका विद्यार्थी मारमा परेका छन् । चिसोकै कारण कक्षा ५ सम्म मात्र ६० प्रतिशत विद्यार्थीको उपस्थिति भइरहेको,बढी मारमा दलित र विपन्न वर्गका विद्यार्थी परेको शिक्षकहरुको भनाई रहेको छ ।  

बाक्लो हुुस्सुु र चिसोले विद्यालय आउन र पठनपाठन गर्न समस्या भएको विद्यार्थीको पनि भनाइ छ । 

मधेसी मोर्चाको निर्णयानुुसार तराईमा बिहान ६ बजेदेखि विद्यालय सञ्चालन भइरहेको छ । तर शिक्षक र अभिभावक बिहानको समयमा विद्यालय सञ्चालन हुुँदा पठनपाठन प्रभावित भइरहेको समस्या बुुझेर दिउँसोको समयमा विद्यालय सञ्चालन गर्न दिन माग गरेका छन् । 

]]>