काठमाडौं । करेसा जोडिएका दुई घर । एउटा भाइको । दाजुको घरमा पुरेतले हिन्दू धर्ममा आधारित मृत्युसंस्कारको विधि गराइरहेका छन् । भाइको घरमन मन्चमा नेताको भाषण । दाजुको घरमा मृत्युको १३ औं दिनमा हने गाई दान, शथ्या, दानलगायतका विधि ।
भाइको घरमा मन्चमा उभिएर श्रद्धान्जली । एमाओवादी केन्द्रीय सदस्य राजु खड्की आमा कृष्णकुमारीको १३ औं दिनको पुन्यतिथीमा महोत्तरी बर्दिबास नगरपालिका १ मा देखिएको दृश्य हो यो ।
आमाको मृत्युमा दाजु गोपाल हिन्दू संस्कारअनुसार किरियामा बसे पनि भाइ राजुले भने किरिया गरेनन । उनले मृत्यु संस्कारको प्रगतिशील रुपान्तरणसम्बन्धी बहस चलाए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया