देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री सुतेको एमाओवादी अध्यक्षको गुनासो

देशान्तर

काठमाडौं । एमाओवादीले सरकारका काम कार्वाहीप्रति असन्तुष्टी जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुका कार्यशैलीले मुलुक नै अकर्मण्यतामा अलमलिएको बिश्लेषणसमेत गरेको छ। सरकार गठन भएको दुई महिना भित्रै सत्ता साझेदार दलबाट यस्तो बिश्लेषण आएको हो ।

‘प्रधानमन्त्री केपी ओलीजी सुतेर बस्नु भएको छ। उहाँको शिथिलताले मुलुक नै सुतेको जस्तो भएको छ। अन्यौल र अकमण्यतामा अलमलिएको छ,’ अध्यक्ष दाहालले बैठकमा भनेका थिए। उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने ‘समग्र सरकार र हाम्रो पार्टीले सम्हालेका मन्त्रालयका बारेमा समीक्षा भयो।

सरकारका काम कार्वाहीबाट सन्तुष्ट हुन सकिन्न भन्ने निष्कर्षमा हामी पुगेका छौ। आलोचनात्मक समीक्षा हुने क्रममा छलफल अझै पनि जारी छ।’ अन्नपुर्णपोष्टमा समाचार छ ।

]]>