काठमाडौं । नेपाल बार एसोसिएसनले अन्तर्राष्ट्रिय कानुन र दुई देशबीचको व्यापार तथा पारवहन सम्झौताविपरीत भारतले लगाएको नाकाबन्दी तत्काल अन्तर्राष्ट्रियकरण गर्न सरकारसँग माग गरेको छ ।
मानवअधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी तथा नेपाल बारको ४३ औं केन्द्रीय कार्यकारिणी परिषदको बैठकले भारतले नेपालमाथि नाकाबन्दी नै लगाएको ठहर गर्दै अन्तर्राष्ट्रिय समुदाय गुहार्न सरकारलाaई आग्रह गरेको हो । बैठकले १४ बुँदे घोषणापत्रसमेत जारी गरेको छ ।
बारका महासचिव सुनीलकुमार पोखरेलले नाकाबन्दीका विषयमा अन्तर्राष्ट्रियकरण गर्ने र संविधानमा राखिएका मौलिक हक कार्यान्वयन गर्न तत्काल आवश्यक कानुन निर्माण गर्न बैठकले माग गरेको जानकारी दिए । कान्तिपुर दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया